स्ववियु निर्वाचन: उम्मेदवारको मनोनयन दर्ता आज

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि उम्मेदवारको मनोनयन मंगलबार हुँदैछ।  बिहान ११ देखि २ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका छ।

यसअघि सोमबार प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन पत्र वितरण तथा विद्यार्थी संगठन दर्ता भएको थियो।

त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ।

त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुन लागेको हो। निर्वाचनमा २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation