गणतन्त्र कसैले बक्सिस दिएको होइन : राजेन्द्रप्रसाद पाण्डे

नेकपा एकीकृत समाजवादीले गणतन्त्रका विरुद्धमा हुने जुनसुकै गतिविधिको विरोधमा उभिने बतएको छ ।

पार्टीको तर्फबाट प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले यस्तो बताएका हुन् ।

‘म र हाम्रो पार्टीको तर्फबाट यति भन्न चाहन्छु, हामी संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा पूर्ण प्रतिवद्ध पार्टी हो,’ पाण्डेले भने, ‘यसका विरुद्ध हुने सम्पूर्ण गतिविधिका विरुद्ध हामी हुनेछौं । हामीले रगतसँग साटेर गणतन्त्र ल्याएको हो । कसैले बक्सिस दिएको होइन ।’

उनले गत २५ फागुनमा काठमाडौंमा भएको राजावादीहरूको प्रदर्शनमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्रीको तस्वीर देखिनु संयोग वा इच्छा के हो ? भन्दै प्रश्न गरे ।

‘ब्यानरमा राजसंस्था पुनर्स्थापना गर्छौं भनेर लेखेको पनि देखियो । उत्तर प्रदेशका मुख्यमन्त्रीको फोटो देखिनु संयोग हो वा उहाँकै इच्छा हो ? यो अवस्थाले देशमा गम्भीर अवस्था सिर्जना हुन लागेको जस्तो देखियो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation