गुल्मीमा एक पुरुषको शव फेला !

गुल्मीमा एकजना पुरुषको शव फेला परेको छ ।

जिल्लाको मदाने गाउँपालिका वडानम्बर–४ झार्किसल्ला स्थित ढोरपाटन सडक खण्डदेखि ३ सय मिटर तल भिरमा शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले पहिचान नखुलेको अन्दाजी २५/३० वर्षको पुरुषको शव फेला परेको जानकारी दिए ।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक दीपक केसीको कमान्डमा प्रहरी खटिएको छ । शव कसको हो र के कारणले मृत्यु भएको हो भन्ने खुलेको छैन ।

बेवारिसे अवस्थामा फेला परेको शवको पहिचानको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation