
२७ फागुन, प्युठान
माण्डवी गाउँपालिका–३, जस्पुरबाट बिजुवारतर्फ जाँदै गरेको ना. ६४ प. ७६६ नम्बरको मोटरसाइकल पोखराबाट स्वर्गद्वारी जाँदै गरेको ग १ ख ८२६७ नम्बरको बससँग ठोक्किँदा १८ वर्षीय मोटरसाइकल चालक दीपेश वली गम्भीर घाइते भएका छन्।
माण्डवी–२, मर्काबाङ निवासी वलीलाई तत्काल बिजुवार अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।