आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा बिहीबार अपराह्नपछि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुको समिश्रणले वर्षा गराएको हो। ‘बिहीबार कोशी, बागती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थान र बाँकी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा वर्षाको सम्भावना छ’, मौसमविद् गोविन्दकुमार झाले भने।

प्रि-मनसुनी गतिविधि पनि सक्रिय भएकाले अबका दिनमा मेघगर्जन र चट्याङसहित अपराह्नतिर वर्षा हुने र रातिको समयमा मौसम सामान्यतया सफा रहने उनले जानकारी दिए।

बुधबार साँझपख काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भएको थियो। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा भएको थियो। गण्डकी प्रदेशमा वर्षा गराउने मौसमी प्रणाली विकसित भई कोशी प्रदेश भएर बाहिरिएकाले बिहीबार राति पानि पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation