राजा ल्‍याउने संघर्ष समितिमा बस्दिनँ: केशरबहादुर विष्ट

केशर बहादुर विष्टले राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिमा आफू नबस्‍ने बताएका छन् ।

राजावादी पक्षधरहरूले आइतबार राजधानीमा एक भेलापछि पत्रकार सम्मेलन आयोजना गरी समितिमा आफ्नो नाम पनि राखेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले भने, ‘उहाँहरूले समिति बनाउनुभएछ। तर म यो समितिमा बस्दिनँ।’

उनले फागुन १ मा राजालाई झापा बोलाएर राजावादी अभियान थालेकोमा दुर्गा प्रसाईलाई भने धन्यवाद दिएका छन् ।

राजावादीहरूले गठन गरेको निर्देशक समितिमा नवराज सुवेदी (संयोजक), अस्मिता भण्डारी (सदस्‍य), कमल थापा (सदस्‍य), केबरबहादुर विष्ट (सदस्य), दुर्गा प्रसाई (सदस्‍य), पशुपति शमशेर राणा (सदस्‍य), प्रकाशचन्द्र लोहनी (सदस्‍य), रमा सिंह (सदस्‍य), रविन्द्र मिश्र (सदस्य सचिव), राजेन्द्र लिङ्देन (सदस्‍य) र हरिबहादुर बस्‍नेत (सदस्‍य)को नाम प्रस्तावित गरेको छ।

यसका साथै राजावादीहरूले आफ्ना एजेण्डालाई कमजोरी ठानेर अपव्याख्या गर्न थालिए त्यसको मूल्य महंगो पर्ने चेतावनी दिएका छन् ।

संवैधानिक राजसंस्थाको पुनस्र्थापना, सनातन हिन्दू अधिराज्यको पुनस्र्थापना, संघीयता खारेजी, भ्रष्टाचार नियन्त्रण र सुशासन लगायतका माग उनीहरूको छ ।

हालैको समयमा श्रीलड़का, बङगलादेश र सिरीयामा सत्ताशीनहरूले सडकमा मुखरित भएको व्यापक आवाजलाई न्यूनिकरण गर्न र दबाउन खोज्दा ती देशहरूमा जस्तो परिस्थितिको निर्माण भएको उनीहरूको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation