मोटरसाइकल दुर्घटनामा युवकको मृत्युु !

९ चैत, दाङ

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । दाङको घोराही – १६ गुर्जे खोला नजिकै आज बिहान करिब साढे ५ बजे भएको मोटरसाइकल दुर्घटनामा परि तुलसीपुर – ६ निवासी २२ वर्षीय विवेक सुवेदीको मृत्यु भएको छ ।

घोराहीबाट तुलसीपुर जादै गरेको रा ८ प ३४१ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको रा २ प ६१६३ नम्बर को मोटरसाइकल एक- आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परेका सुवेदीको घटना स्थलमै मृत्यु भएको हो भने घोराही -११ निवासी ३४ बर्षीय विनोद बस्नेत गम्भीर घाइते भएका छन् । उनको हाल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भैरहेको छ ।

मृतक सुवेदी घोराहिबाट प्रकाशित नयाँ युगबोध राष्ट्रिय दैनिक पत्रीकामा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation