देउवा भन्छन् – ज्ञानेन्द्र राजा बन्न लायक छैनन्, राप्रपाले सभापति बनाए हुन्छ

नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह राजा बन्न लायक नरहेको टिप्पणी गरेका छन्।

पार्टीको प्रशिक्षण विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले राजसंस्था बोकेर हिँडिरहेको राप्रपा पछुताउने बताए। उनले ज्ञानेन्द्र शाहलाई पार्टी सभापति बनाउन राप्रपालाई सुझाव पनि दिए।

‘ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक छैनन्। राप्रपाले पार्टी सभापति बनाए हुन्छ। राप्रपा पनि पछि पछुताउँछ।’ उनले भने, ‘पूर्वराजाले राजनीति गर्ने भए पार्टी खोलेर आए हुन्छ। त्यो पार्टीमा लाग्नेले पनि दु:ख पाउँछ, राप्रपाले पनि पछि दु:ख पाउनेवाला छ।’

उनले कुनै पनि हालतमा राजसंस्था फर्कन नसक्ने भन्दै गणतन्त्रको रक्षामा एकताबद्ध भएर लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन पनि दिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation