
११ चैत, स्वर्गद्वारी, प्यूठान
गणतन्त्र नेपालको रक्षा, लोकतान्त्रिक प्रणालीको सुदृढीकरण र पार्टी संगठनलाई अझ सक्रिय बनाउने उद्देश्यका साथ नेकपा (एमाले) ले देशभर जनजागरण अभियान सञ्चालन गरिरहेको छ। सोही अभियानअन्तर्गत स्वर्गद्वारी नगरपालिका वडा नं. ३ (साविक भिङ्गी गा.वि.स. वडा नं. ७ र ९ को केही भाग) मा पहिलो चरणको जनजागरण अभियान आज सफलतापूर्वक सम्पन्न भएको छ।
अभियानका क्रममा पार्टीका नेताहरूले स्थानीय नागरिकहरूसँग अन्तरक्रिया गर्दै गणतन्त्रको महत्व, संविधानको कार्यान्वयन तथा विकास र समृद्धिका विषयमा छलफल गरेका थिए। कार्यक्रममा पार्टीका स्थानीय तथा क्षेत्रीय नेताहरू, कार्यकर्ता, बुद्धिजीवी, युवा, महिला तथा आम नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सो अवसरमा नेताहरूले देशको राजनीतिक परिस्थिति, गणतन्त्रको रक्षा तथा संविधानको कार्यान्वयनमा एमालेको भूमिकाबारे प्रकाश पार्दै जनताको सक्रिय सहभागिता आवश्यक रहेको बताए। साथै, स्थानीय तहमा विकास, सुशासन र समृद्धिको आधार तयार गर्न सबैले एकजुट हुनुपर्नेमा जोड दिए।
जनजागरण अभियानको पहिलो चरण सफलतापूर्वक सम्पन्न भइसकेको र आगामी दिनमा यस अभियानलाई थप प्रभावकारी बनाउँदै दोस्रो चरणका कार्यक्रमहरू सञ्चालन गरिने कृष्ण रोकाएले जानकारी दिनुभएको छ।