
१६ चैत, प्यूठान
राजावादीहरुको प्रदर्शनका क्रममा शुक्रबार काठमाण्डौमा भएको सुरेश रजकको हत्याको बिरोधमा जिल्लाका पत्रकारहरुले बिरोध प्रदर्शन गरेका छन ।
शनिबार बिहान बिजुवार मित्रमणी चोकमा भएको कार्यक्रममा बोल्दै पत्रकारहरुले हत्या र मिडिया माथिको आक्रमणको बिरोध गरेका हुन ।
राजाबादीको नाममा अराजक समुहले ब्यत्तिगत घरहरुमा आक्रमण गर्ने, लुटपाट मच्चाउनेदेखि पत्रकारलाई जिउदै जलाउने कार्य निन्दनीय रहेको भन्दै उनीहरुले दोषीलाई हदैसम्मको कार्वाहीको माग गरेका छ्न ।
चैत्र १६ लाई नेपाल पत्रकार महासंघको स्थापना दिवस हर्ष उल्लासका साथ मनाउनु पर्नेमा दु:खदपुर्ण घटनाले सबैलाई शोकमा पारेको पत्रकार महासंघ प्यूठानका अध्यक्ष श्रीराम भण्डारीले बताए।
पत्रकार र मिडिया माथि राजतन्त्रको समयम पनि हेर्ने दृष्टिकोण सहि थिएन, अहिले पनि निसानामा पर्नु लोकतन्त्रको न्युनतम मुल्यमान्यताका बिरुद्धको आक्रमण रहेको महासंघका पुर्व अध्यक्ष संजय रिजालले बताए ।