
प्युठानको नौबहिनी गाउँपालिका-५, साराबाङ स्थित आज दिउँसो आगलागी हुँदा एक घर पूर्णरुपमा जलेर नष्ट भएको छ । स्थानीय लक्ष्मण खड्काको घरमा आज दिउँसो करिब १:४५ बजेको समयमा आगलागी भएको हो ।
उक्त आगलागीबाट घरभित्र भएको १४ हजार नगद, ३ तोला बराबरको गरगहना (बुलाकी, बेरुवा), खाद्यान्न, भाँडा वर्तन, लत्ता कपडा लगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ । साथै घरमा भएका अन्य अत्यावश्यक कागजात समेत जलेर नष्ट भएको छ । आगलागीबाट ६ लाख बराबरको धनमालको क्षति भएको अनुमान गरिएको छ ।