
१९ चैत, दाङ
दाङमा चोरिमा संंलग्न तीन जनालाई प्रहरिले पक्राउ गरेको छ ।
दाङको घोराही उप-महानगरपालिका वडा नं. १५ एकता टोल बस्ने वर्ष ३८ की तेज कुमारी बुढाथोकीको घरमा सुनचाँदी र घोराही उप-महानगरपालिका वडा नं. १३ खरकट्टी बस्ने मनिषा रोकाको घरमा नगद चोरी गरेको आरोपमा तीन जनालाई प्रहरिले पक्राउ गरेको छ ।
बुढाथोकीको घरमा सुनचाँदी चोरी भएको भन्ने दिएको निवेदनको आधारमा प्रहरी टोली खटिई गई चोरीमा संलग्न व्यक्तिको हुलियाको आधारमा खोजतलास गर्दै जाने क्रममा मिति २०८१।१२।१८ गते अन्दाजि ११:०० बजेको समयमा जिल्ला दाङ घोराही उप-महानगरपालिका वडा नं. १७ बस्ने वर्ष २२ को शरद विश्वकर्मालाई जिल्ला दाङ लमही नगरपालिका वडा नं. ०६ अर्जुनखोला स्थित घोराही लमही सडकखण्डमा फेला पारी निजलाई सोधपुछ गर्दा निजले चोरेको गरगहना जिल्ला दाङ घोराही उप-महानगरपालिका वडा नं. १४ सैनिक रोड स्थित रहेको जय मसिह सुनचाँदी गहना उद्योग नामको सुनचाँदी पसलका संचालक वर्ष ६५ को गुणरत्न शाक्यले किनेको भन्ने प्रारम्भिक अनुसन्धानमा खुल्न आएकाले उक्त सुनचाँदी पसल खानतलासी गर्दा निम्न दशिका सामान सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरिले जानकारी दिएको छ ।
त्यस्तै मिति २०८१।१२।१५ गते दिउँसो अन्दाजी १५;१० बजेको समयमा जिल्ला दाङ घोराही उप-महानगरपालिका वडा नं. १३ खरकट्टी बस्ने मनिषा रोकाको घरमा नगद रु.५०,०००।– (पचास हजार रुपैया) चोरी भएको भन्ने निजले दिएको निवेदनको आधारमा चोरी गर्ने व्यक्तिलाई खोजतलास गर्दै जाने क्रममा जिल्ला दाङ घोराही उप-महानगरपालिका वडा नं. १७ चौघेरा बस्ने बर्ष २५ को रोशन चौधरीलाई चौघेराबाट घोराही तर्फ आउँदै गरेको अवस्थामा प्रहरी टोलीले फेला पारी नियत्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको जनाएको छ ।
बरामद सामानहरु:-
१. स्वरुप परिवर्तन गरीसकेको अवस्थाको ४ आना तौल भएको पहेलो धातुको डल्लाहरु थान-२, ६ आना तौल भएको पहेलो धातुको डल्लो थान-१ र १ तोला ८ लाल तौल भएको पहेलो धातुको डल्लो थान-१ समेत जम्मा ४ वटा पहेला धातुका डल्लाहरु ।
२. सुनको जस्तो देखेने पहेँलो धातुको T लेखेको लकेट सहितको सिक्रि थान-१
३. चाँदी जस्तो देखिने धातुको पाउजु- १ जोर ।
४. चाँदीको जस्तो देखिने धातुको हातमा लगाउने बाला १ जोर ।
पक्राउ पर्नेमा घोराही उप-महानगरपालिका वडा नं. १७ बस्ने वर्ष २२ को शरद विश्वकर्मा (चोरी गर्ने), घोराही उप-महानगरपालिका वडा नं. १४ सैनिक रोड स्थित रहेको जय मसिह सुनचाँदी गहना उद्योग नामको सुनचाँदी पसलका संचालक वर्ष ६५ को गुणरत्न शाक्य (चोरीको सामान किन्ने) र घोराही उप-महानगरपालिका वडा नं. १७ चौघेरा बस्ने बर्ष २५ को रोशन चौधरीलाई चौघेराबाट घोराही तर्फ आउँदै गरेको अवस्थामा प्रहरी टोलीले फेला पारी नियत्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको जनाएको छ ।