रविलाई आज भैरहवा लगिंदै!

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज भैरहवा लगिदैछ ।

शुक्रबार राति निवासबाटै पक्राउ परेका लामिछानेलाई प्रहरीले आज भैरहवा लैजान लागेको हो । शुक्रबार राति उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंकै हिरासतमा राखिएको थियो ।

प्रहरी स्रोतका अनुसार उनलाई विमानबाट भैरहवा लिन लागिएको छ ।

संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले शुक्रबार थुनामा पठाउन आदेश दिएको थियो । त्यसपछि राति प्रहरीले बूढानीलकण्ठस्थित निवासबाटै उनलाई नियन्त्रणमा लिएको थियो ।

बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटी माग गरेको थियो । उक्त आदेश उल्ट्याउँदै उच्चले थुनामा पठाउने आदेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation