नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि आज देशभर मतदान भएको छ । बिहानदेखि सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो ।
काठमाडौं उपत्यकाको एउटा केन्द्रसहित देशभरका ३५ वटा मतदान केन्द्रमा मतदान सकिएको निर्वाचन समितिले जनाएको छ ।
मतदान सकिएपछि शनिवार अपरान्हदेखि नै मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ ।
कुल २५ पदका लागि ५७ जना उम्मेद्वार छन् ।