नेपालको राजसंस्थासँग संवैधानिक हुने चरित्र नै छैन: गगन थापा

२४ चैत, काठमाडौं 

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको राजसंस्था संवैधानिक भएर बस्ने चरित्रको नभएको टिप्पणी गरेका छन् ।

दाङमा आइतबार भएको एक कार्यक्रममा बोल्ने क्रममा महामन्त्री थापाले राजसंस्था भएका अन्य मूलुकको जस्तो चरित्र नेपालको राजसंस्थाले देखाउन नसकेको बताए ।

‘यो बेलायतको राजसंस्था जस्तो होइन,’ महामन्त्री थापाले भने,‘निर्मलनिवासमा बस्दा त यत्रो उत्पात् मच्चाइएको छ भने अहिले नारायणहिटीमा बसेको भएक के हुने थियो?’

राजाबाट सबैभन्दा लखेटिएको पार्टी कांग्रेस भएको उनले बताए । राजसंस्थालाई संवैधानिक परिधिमा राख्न कांग्रेसले प्रयत्न गरिराखेपनि नसकेको उनले सुनाए । राजसंस्थाको संवैधानिक चरित्र नभएकाले कांग्रेसले जनताको शासन रोजेको बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation