ऋण लगायो भनेर कराउनुको अर्थ छैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले ऋण लगायो भनेर कराउनुको अर्थ नभएको बताएका छन्।

मधेश प्रदेशसभा बैठकलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वदेशी पैसाले विकास गर्न संभव नभएको बताए। अरु छिमेकी देशभन्दा नेपालको ऋण कम रहेको भन्दै उनले राष्ट्रिय वार्षिक आयको ५० प्रतिशतसम्मको ऋणलाई डरलाग्दो मान्न नमिल्ने बताए।

‘ऋण लगायो भनेर कराएको छ। संसारमा अरु छिमेकीभन्दा हाम्रो ऋण कम छ। राष्ट्रिय वार्षिक आयको २४-२५ प्रतिशत होला। राष्ट्रिय वार्षिक आयको ५० प्रतिशतसम्मको ऋणलाई डरलाग्दो मानिँदैन यदि त्यसलाई सावधानीका साथ लिएको र प्रयोग गरिएको छ भने।’ ओलीले भने,  ‘जापानको ऋणको स्थिति हेर्ने हो भने राष्ट्रिय आयभन्दा बढी होला तर ऊ त विकसित देश हो।  विकास गरेपछि आम्दानी हुन्छ। आम्दानी भएपछि तिर्न सकिन्छ। हाम्रो पैसाले विकास गर्न त संभावना नै छैन।’

उनले अहिले एक करोडको काम गर्न दुई करोड खर्च भइरहेको भन्दै यसलाई सच्याएर जानुपर्ने बताए। विगतको सरकारले बिगारेको अर्थतन्त्र आफूहरूले ९ महिनामा सच्याउँदै ल्याएको ओलीको दाबी छ।

‘निकै बिग्रिएको अर्थतन्त्र हामीले ९ महिनामा सच्याएर ल्याएका छौं। यसरी बिगारिएको थियो कि आम्दानीको बाटो कहीँ नराखिएको तिर्नुपर्ने ठाउँमा बाँकी राखेको। बजेट नभएका ठाउँमा स्रोत नभएको ठाउँमा सुनिश्चित गरिदिएको छ। पैसा छैन तिर्छु दिउँला भनेर कबुल गरिदिएको छ। अहिले यसलाई हामीले न्यून गरेर खरबमा तिरिसकेका छौं। अब केही तिर्न बाँकी छ । त्यो पनि हामी तिर्छौँ।’ ओलीले भने।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation