
१ वैशाख, काठमाडौं
एकप्रकारले आजसम्म स्कुल पनि जान नपरेको र आन्दोलनमा पनि आउन नपरेको अवस्था हो । चैत २० गतेबाट काठमाडौ केन्द्रित विद्यालय शिक्षक-कर्मचारीको आन्दोलन उत्साहजनक रूपमा अगाडि बढेको छ । प्युठान जिल्लाका सबै विद्यालयका प्रधानाध्यापक र शिक्षकहरू काठमाडौ आउने तयारी गर्न अनुरोध छ ।
यो निर्णायक लडाइँ हो । हामीले कुनै पनि हालतमा जितिन्छ । र, जित्नु नै पर्छ । जिल्ला आन्दोलन परिचालन समितिले निर्णय गरेनुसारको रकम सम्बन्धित विद्यालयका प्रधानाध्यापकले जम्मा गरी पालिका समितिमा दिने र पालिका समिति संयोजकले जिल्ला समितिको खातामा राख्न अगाडि नै परिपत्र भएको छ । यसलाई पुन स्मरण गरौं । केन्द्र महासंघले लिएका निर्णयहरू इमानदारीपूर्वक पालना गरौं ।
आन्दोलनका फोटा भिडियो हेर्दा जति आनन्द र रमाइलो देखिए जस्तो अनुभूति भए पनि आन्दोलनमा प्रत्येक दिन खट्न निकै गार्हो छ । १/२ दिन जस्तो सजिलो छैन प्रत्येक दिन खट्न । यो आन्दोलन सबैको आन्दोलन भएकोले परिचालन समितिले तोकेअनुसारको रकम अनिवार्य समयमै दिई इमानदारीता प्रदर्शन गरौं ।
शिक्षक-कर्मचारी मित्रहरू भोलिबाट न स्कुल जाने न आन्दोलनमा जाने त्यसले तपाईंलाई नै नैतिक प्रश्न सामाजिक रूपमा उठ्ने छ त्यसैले अब घर बस्ने समय सकिएको छ । आउन सक्ने साथीहरू राम हेर्ने बेला होइन यो, झोलामा विद्यालय पोशाक र परिचयपत्र राखेर भोलि नै हिड्ने तयारीमा जुटौं । केही मात्रामा भए पनि आफ्नो लागि त संघर्ष आफैले गर्ने होला नि होइन र ?