८३ वर्षीय वृद्धले आफैलाई गोली हान्दा घटनास्थलमै मृत्यु

८ वैशाख, दाङ

दाङको तुलसीपुरमा आफैलाई दागेर एक जनाको मृत्यु भएको छ । दाङकाे तुलसीपुर उपमहानगरपालिका– ७ मोतिपुरका ८३ वर्षका नारायण आचार्यले आफैलाई गाेली प्रहार गर्दा घटनास्थलमै उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।

साेमबार दिउँसो साढे २ बजेतिर आचार्यले आफुले आफैलाई गोली हानेकाे र घटनास्थलमै नसजकाे मृत्य भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता सुर्य रानाले जानकारी दिए ।

रानाका अनुसार आचार्य मोतिपुर स्थित घरको आफु सुत्ने कोठामा १२ बोर २ नाले बन्दुक(हतियार)ले छातिमा गोली लागेको अवस्थामा निजमाे घरकाे काेठा भाडामा बस्नेले प्रहरीलाई खबर खबर गरेका थिए । आचार्य रेडक्रस दाङका पूर्व सभापति समेत हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation