मिनी ट्रक दुर्घटनामा तीनजनाको मृत्यु

भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका- १ गोल्डेनमा मिनी ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको  खाद्यान्न बोकेको मिनी ट्रक बुधबार बिहान दुर्घटना हुँदा चालक अर्जुन धामीसहित तीन जनाको मृत्यु भएको हो ।

मृतक दुईजनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माले बताए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation