यस्तो रहनेछ आजको मौसम!

११ वैशाख, काठमाडौँ

हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। देशभर अधिकतम र न्यूनतम तापक्रम बढिरहेको अवस्था छ। साथै कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर तापक्रम बढ्ने क्रममा रहेको तथा मध्य र पश्चिमी तराईका भू-भागहरूमा अत्यधिक गर्मीको पनि सम्भावना देखिएको छ । त्यसैले,  गर्मीका कारण दैनिक जनजीवन, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा प्रभाव पर्न सक्ने देखिन्छ ।

साथै कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङको पनि सम्भावना रहेकोले त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation