गुडिरहेको मोटरसाइकलमाथि ढुंगा बज्रिँदा शिक्षा अधिकृतको मृत्यु

लेकम गाउँपालिकाका शिक्षा शाखा प्रमुख केशवराज ओझाको मृत्यु भएको छ।

गाउँपालिकाको शैक्षिक कार्यक्रम सकाएर मोटरसाइकलमा घर फर्कने क्रममा सोमबार बेलुका लेकम गाउँपालिका–४ गोदालीमा दुर्घटनामा परी उनी सख्त घाइते भएका थिए।

इलाका प्रहरी कार्यालय रिठाचौपातका अनुसार गोदालीमा माथिबाट खसेको ढुंगा लागेर गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रहेका ओझाको पिँठ्युमा चोट लागेको थियो। सख्त घाइते अवस्थामा उनलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि गोकुलेश्वर अस्पताल लगिएको हो।

उपचारका लागि गोकुलेश्वर अस्पताल पुर्‍याउँदा डाक्टरले ओझालाई मृत घोषणा गरेको लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीले बताए। उनको निधनमा गाउँपालिकाले आज शोक बिदा दिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation