
३० वैशाख, प्युठान
मल्लरानी गाउँपालिका- ५ दर्भाने निवासी मोहन बुढाथोकी क्षेत्री रोजगारीको सिलसिलामा भारतको महाराष्ट्र पुणेबाट विगत ८/९ महिनादेखि सम्पर्कविहिन भएका छन् ।
४० वर्षीय बुढाथोकी पछिल्लाे दुई वर्षअघि भारत गएकाे भएपनि ९ महिनादेखि परिवारकाे सम्पर्कमा नआएको परिवारले जनाएको छ ।
विपन्न परिवारका माेहनलाई भारत वा अन्यत्र जहाँकहीँ देखेमा नजिककाे प्रहरी चौकी वा परिवारलाई सम्पर्क गरिदिन अनुराेध गरेकाे छ । निजलाई भेटेमा निम्न नम्बरमा सम्पर्क गर्न सकिनेछ ।
भारत- भाई: 8390985890
नेपाल -आमा: +977 984-3200647