- पोखरा महानगरपालिका–२२ मा भएको बस दुर्घटनामा २८ जना भारतीय नागरिक घाइते भएका छन्।
- दुर्घटनामा संलग्न बसमा ३० जना सवार थिए, जसमा चालक र सहचालक बाहेक सबै भारतीय थिए।
- घाइतेहरूमा विभिन्न उमेर समूहका भारतीय नागरिकहरू रहेका छन् र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
३१ वैशाख, काठमाडौं
बुधबार दिउँसो पोखरा महानगरपालिका–२२ स्थित दहरा घुम्तीनजिकै माइक्रो बस दुर्घटना भएको छ ।
दुर्घटनामा घाइते भएका २८ जना भारतीय नागरिक रहेको खुलेको छ ।
प्रहरीका अनुसार उक्त बसमा ३० जना सवार थिए । जसमध्ये चालक र सहचालक बाहेक सबै भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।
घाइते मध्य २ जनाको अवस्था गम्भीर रहेको र अरूको अवस्था सामान्य रहेको मेडिकल कलेजमै पुगेका कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।
भारत छत्तिसगढबाट ४९ जना मंगलबार राति पोखरा भ्रमणका लागि आइपुगेका थिए ।