माइक्रो भ्यान दुर्घटनामा तीनजनाको मृत्यु

३१ वैशाख, कास्की

विद्युतीय माइक्रो भ्यान दुर्घटना हुँदा पोखरामा तीनजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ।

काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग १ ज ८६३० नम्बरको माइक्रो भ्यान पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२ लामेआहालमा दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक शोभा पाण्डेले जानकारी दिइन्।

११ जना  सवार माइक्रो भ्यान सडकदेखि करिब ३५ मिटर तल खेतमा खसेको थियो। प्रत्यक्षदर्शीले तीव्र गतिमा गुडेको माइक्रो भ्यानका चालकले सन्तुलन गुमाउँदा दुर्घटना भएको बताएका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation