हावाहुरीले घर भत्किदा एकको मृत्यु

१ जेठ, काठमाडौं 

झापामा हावाहुरीले घर भत्काउँदा एक जनाको ज्यान गएको छ।

झापाको हल्दिबारी गाउँपालिका–५ त्रिवेणी चोकमा गएराति हावाहुरीले घर भत्काउँदा  ६५ वर्षका मानबहादुर मगरको मृत्यु भएको झापा प्रहरीले जनाएको छ।

टिनको छाना भएको टाडेघरमा सुति रहेका मगरलाई घारको बिमले थिचेर मृत्यु भएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation