खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु

६ जेठ, जनकपुरधाम

धनुषामा निर्माणाधीन सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको ज्यान गएको छ ।

मृत्यु हुनेमा कमला नगरपालिका -२ सराबे टोलका रामबाबु साहका ७ वर्षीय छोरा रितिक साह र उनकै भाइ श्यामबाबु साहका ५ वर्षीय छोरा रितिश साह छन् ।

नवनिर्मित कृषि बाटोको छेउमा रहेको खाल्डोमा जम‌ेको पानीमा मंगलबार दिउँसो दुवै जना बालकको डुबेर मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

करिब १५ दिन अगाडि मात्र निर्माण भएको वडा नम्बर २ को सराबे टोलस्थित कृषि सडक बनाउन थालिएको थियो । खनेको खाल्डोमा वर्षाको पानी जमेको थियो ।

घरबाट खेल्न निस्केका दाजुभाइ अबेरसम्म घर नआएपछि खोजतलास गर्ने क्रममा खाल्डोमा तैरिरहेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation