लिमीमा इलाका प्रहरी कार्यालय स्थापना

 

७ जेठ, हुम्ला 

नाम्खा गाउँपालिका-६ लिमीस्थित सुनखानीमा इलका प्रहरी कार्यालय स्थापना भएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयको पत्रादेश अनुसार इलाका प्रहरी कार्यालय लिमी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर पोखरेलले जानकारी दिए ।

कार्यालयमा प्रहरी नायव निरीक्षक नरबहादुर विष्टको कमाण्डमा ११ जनाको प्रहरी टोली रहने उनले बताए ।

यो सहित हुम्लामा इलाका प्रहरी कार्यालय दुई पुगेका छन् । यसअघि सर्केगाडमा स्थापना गरिएको थियो

कार्यालय स्थापनाकै क्रममा तिल गाउँको घटनाको विषयमा पनि वडाध्यक्ष पाल्जोर तामाङसँग विस्तृत बुझेर फिर्ता भएको डीएसपी विष्टले बताए ।

प्रहरी टोली घटनास्थलमा पुगेर क्षतिपूर्तिबारे मुचुल्का गरेर फिर्ता भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation