८ सय ९० किलो गाँजासहित एक जना पक्राउ

 

१० जेठ, काठमाडौं

धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा प्रहरीले प्र.१–०२–००२ च ५२३८ नम्बरको गाडीलाई शंकाका लागि चेकजाँच गर्जे क्रममा ८ सय ९० किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

साथै, धनकुटा सांगुरीगढी–२ का उल्लास लिम्बुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गाँजासहित पक्राउ परेका राईको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation