सर्पले डसेर प्युठानमा एक महिलाको मृत्यु

प्युठानमा सर्पले डसेर एक महिलाको ज्यान गएको छ ।

जिल्लाको ऐरावती गाउँपालिका–६ विजुली महेन्द्रदीपकी अमृता गुरुङको सर्पले डसेर ज्यान गएको हो ।

शनिबार राती करीव ८ बजेतिर सर्पले डसेपछि गुरुङलाई उपचारका लागि स्वर्गद्धारी नगरपालिका–९ लामाचौर स्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो ।

विहान ४ बजे केन्द्रमा पुर्‍याइएकी गुरुङको उपचारको क्रममा ज्यान गएको केन्द्रका प्रमुख हेमराज पौडेलले जानकारी दिए । “विरामीलाई करेत सर्पले डसेको थियो,” पौडेलले भने,“विरामी आईपुग्न ढिला भइसकेको थियो ।”

भारतमा बस्दै आएकी ३३ वर्षीय गुरुङ कुलपुजा मनाउन परिवार सहित केहिदिन अघि घर आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation