अर्घाखाँचीमा श्रीमतीद्वारा श्रीमानको हत्या

 

१ असार, अर्घाखाँची

अर्घाखाँचीमा एक महिलाले घरायसी विवादको क्रममा आफ्नै श्रीमानको दाउले हानेर हत्या गरेकी छिन्। जिल्लाको छत्रदेव गाउँपालिका-३, शिख्रकी २७ वर्षीया मेखमाया कुमालले ३८ वर्षीय श्रीमान रामु कुमालको हत्या गरेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार मा’दक पदार्थ सेवन र आपसी शंका वि’वादका कारण घ’टना भएको जिल्ला प्रहरी प्रमुख डिएसपी चक्र बहादुर मल्लले जानकारी दिए।

प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग भएको दाउसहित मेखमायालाई पक्राउ गरेको छ र थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation