३१९ किलो चरेससहित एकजना पक्राउ !

१२ असार, काठमाडौं

पर्सामा ३१९ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेससहित एकजनालाई पक्राउ परेका छन्। विशेष सूचनाको आधार परवानीपुर चोकमा प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको मालवाहक ट्रक रोकेर चेकजाँच गर्दा चरेस बरामद भएको जिल्ल प्रहरी कार्यालय पर्सा जनाएको छ।

बुधबार साँझ ७ः३० बजेको समयमा वीरगन्ज महानगरपालिका– २१ परवानीपुर चेकपोस्टबाट उक्त चरेस बरामद भएको हो। चरेससहित ट्रकचालक मकवानपुरको थाहा नगरपालिका– १२ निवासी ३६ वर्षीय बुद्धिबहादुर स्याङ्तानलाई  पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

उनका अनुसार लागुऔषध चरेस १३ पोकामा ३१९ किलोग्राम फेला परेको र चालक स्याङ्तानले लगाएको हाफपाइन्टको दाहिने खल्तीमा नेपाली रकम एक लाख ९२ हजारसमेत फेला परेको छ।

प्रहरीका अनुसार हेटौँडाबाट ड्राइपोर्टतिर जाने क्रममा वडा प्रहरी कार्यालय श्रीपुर, प्रहरी चौकी श्रीसिया र प्रहरी चौकी परवानीपुरको टोलीले उक्त चरेस बरामद गरेको हो। पक्राउ परेका स्याङ्तानलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक मिश्रले बताए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation