पुल भाँचिदा अरनिको राजमार्ग अवरुद्ध

२१ असार, काभ्रे

अरनिको राजमार्गको धुलिखेल–सुर्यविनायक सडकको वैकल्पिक मार्ग बनेपा–नाला–भक्तपुर सडकखण्डको पुण्यमाता खोलाको पुल भाँचिएको छ ।

काभ्रेको बनेपा–नाला–भक्तपुर सडकखण्ड अन्तर्गत बनेपा नगरपालिका १ र ४ को सिमानामा रहेको पुण्यमाता खोलामा बनेको पुल भाँचिएपछि उक्त सडकमा पूर्णरुपमा आवागमन बन्द भएको जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख सुनील ध्वाजुले जानकारी दिए ।

रातिको समयमा नाला पुलबजार छेउको पुल भाँचिएपछि यात्रुहरू र स्थानीयवासीहरूलाई आवतजावतमा कठिनाइ भएको छ भने यातायातका साधनहरू वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य छन् ।

धुलिखेल सुर्यविनायक सडक निर्माण भइरहेकोले अवरुद्ध छ । त्यसकै विकल्पमा रहेको यो सडकको पनि पुल भाँचिएपछि अरनिको राजमार्ग नै अवरूद्ध भएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation