भोटेकोशीमा भीषण बाढी, बगायो पुल र गाडीहरू

 

२४ असार, काठमाडौं 

चीनतर्फबाट आएको बाढीले रसुवास्थित नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ ।

भोटेकोशी नदीमा आएको बाढीले मितेरी पुल बगाएको हो । बाढी बिहान ३ बजे आएको हो ।

बाढीले भन्सार (ड्राइपोर्ट) क्षेत्रमा पनि क्षति पुर्‍याएको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले जानकारी दिए । त्यहाँ जाँचपासका लागि राखिएका  ईभी गाडीहरु पनि बगाएको खबर आएको उनले बताए ।

केही व्यक्तिहरूलाई उद्धार गरिएको छ ।

बाढीले रसुवागढी जलविद्युत आयोजनाको संरचनामा पनि क्षति पुगेको छ ।

जिल्ला प्रशासन कार्यालयले अचानक बाढी आएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन भनेको छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation