रसुवा बाढी अपडेट : ५५ जनाको उद्धार, १८ जना बेपत्ता

२४ असार, काठमाडौं

चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेको ५५ जनाको उद्धार गरिएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्दार टोलीले मंगलबार दिउँसो ३:३०० बजेसम्म ५५ जनाको उद्धार गरिएको जनाएको छ ।

उद्धार गरिएकामा ४ महिला र ५१ जना पुरुष रहेका छन् । उनीहरूलाई झोलुङ्‍गे पुलबाट हिँडाएर उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धार हुनेमा १ जना चिनियाँ नागरिक समेत छन् ।

यसका साथै बाढीबाट अहिलेसम्म १८ जना बेपत्ता भएका छन् भने १०० भन्दा बढी गाडी बगाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation