बागमती नदीले जलसतह सतर्कता तह पार, सचेत रहन आग्रह

२५ असार, काठमाडौँ 

गौरीघाट-गुह्येश्वरी क्षेत्रमा बागमती नदीले जलसतह सतर्कता तह पार गरेको छ।

जल तथा मौसम विज्ञान विभाग, बाढी महाशाखालका अनुसार​मंगलबार राति १२ बजे आसपासदेखि निरन्तर परेको पानी २ बजे सतर्कता तह पार गरेको हो। गौरीघाट, गुह्येश्वरी, चावहिल, नयाँबस्ती, जोरपाटी क्षेत्रमा बस्नेहरूको मोबाइलमा सुरक्षित रहन सन्देश प्रवाह गरेको महाशाखाका इञ्जिनीयर आशीष भट्टले जानकारी दिए। यसैगरी रुद्रमती (धोबीखोला) को कपन क्षेत्रमा पनि जलसतह सतर्कता तह पार गर्न लागेको छ ।

राजधानीका अधिकांश भागमा राति १२ बजेदेखि नै करिब २५ मिलिमिटरको दरमा निरन्तर पानी परिरहेकाले पनि सुरक्षित हुन विभागले आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation