बस दुर्घटनामा २९ जना घाइते, ३ जना गम्भीर (नामावलीसहित)

 

२९ असार, काठमाडौं

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगपालिका-९ मा बस दुर्घटना हुँदा घाइते भएका सबैको पहिचान भएको छ ।

काठमाडौंबाट दाङ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नं. को बस आज बिहान चार बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनमणि अधिकारीले जानकारी दिए ।

डीएसपी अधिकारीका अनुसार बसमा ३० जना चढेकोमा २९ जना घाइते भएका छन् । उनीहरु सबैको पहिचान भइसकेको छ । उनीहरुलाई उद्धार गरी संजिवनी सामुदायिक अस्पताल चन्द्रौटा पठाइएको छ । केहीलाई त्यहाँबाट बुटवल रिफर गरिएको छ ।

घाइते भएका २९ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । अन्य २० जनाको अवस्था मध्यम र ६ जना सामान्य घाइते भएको डीएसपी अधिकारीले जानकारी दिए ।

दुर्घटनापछि सडक एकतर्फीमात्रै सञ्चालन भएको छ । बस हटाउने पहल भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation