छाउगोठमा सुतेकी कमलाको सर्पले डसेर मृत्यु

कञ्चनपुुरमा छाउगोठमा सुतेका बेला सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा २८ वर्षीया कमला आउजी छिन्।

कृष्णपुुर नगरपालिका–१ को निगालीमा छाउ गोठमा सुतेको बेला उनलाई सर्पले डसेको थियो । स्वास्थ्यअवस्था गम्भीर भएपछि सेती प्रादेशिक अस्पताल पुर्‍याइएकोमा कमलाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।

डीएसपी बोहराका अनुसार सुतिरहेकी कमलालाई सर्पले बाँया गालामा डसेको थियो। शनिबार साँझ ८ बजे उनको मृत्यु भएको डीएसपी बोहराले बताए । उनलाई छाउगोठमा सुतेका बेला सर्पले डसेको विषयमा भने आधिकारिक जानकारी नभएको बोहराले बताए।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation