यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

३० असार, काठमाडौं

नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको भाउ स्थिर छ । युरो केही बढ्दा पाउण्ड स्टर्लिङ भने घटेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५९ पैसा कायम गरिएको छ । आइतबार पनि अमेरिकी डलरको विनिमय दर यही कायम थियो ।

युरोपियन युरो भने आइतबारको तुलनामा आज केही बढेको छ । आज युरो एकको खरिदर १६० रुपैयाँ १४ पैसा र बिक्रीदर १६० रुपैयाँ ८४ पैसा छ । आइतबार एकको खरिदर १६० रुपैयाँ १२ पैसा र बिक्रीदर १६० रुपैयाँ ८२ पैसा थियो ।

आज युके पाउण्ड स्टर्लिङ भने आइतबारको तुलनामा केही घटेको छ । आज पाउण्ड स्टर्लिङ एकको खरिदर १८४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १८५ रुपैयाँ ७५ पैसा छ । आइतबार पाउण्ड स्टर्लिङ एकको खरिदर १८५ रुपैयाँ २० पैसा र बिक्रीदर १८६ रुपैयाँ १ पैसा थियो ।

हेर्नुहोस् विदेशी मुद्राको आज सोमबारको विनिमय दर–

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation