मोटरसाइकल दुर्घटनामा दुई किशोरको मृत्यु

३० असार, दाङ

दाङमा मोटरसाइकल दुर्घटनामा दुई जना किशोरको मृत्यु भएको छ ।

रामपुरबाट घोराहीतर्फ आउँदै गरेको रा ७ प ३२७० नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका–४ सिस्नेखोलामा आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी गढवा गाउँपालिका- ८ घर भई घोराही उपमहानगरपालिका-१७ भैँसेमा डेरा गरी बस्ने १८ वर्षीय रोहित बिक र १६ वर्षीय निशान बिकको मृत्यु भएको हो ।

दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक चक्रबहादुर शाहले जानकारी दिए ।

उनका अनुसार तिब्र गतिका कारण दुर्घटना भएको अनुमान गरिएको छ ।

दुवै जनाको शबलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation