
आजको ठिक ६३ वर्ष अगाडि नेपाली आधुनिक चित्रकलाका पिता मानिनु भएका प्रसिद्ध चित्रकार लैनसिंह बाङ्देलको ब्रसले कोरिएको टोनी हेगनको चित्र ।
टोनी हेगन स्विस भूगर्वशास्त्री हुनुहुन्छ । वहाँले संयुक्त राष्ट्र संघ अन्तर्गत रहेर नेपालको करिव १४००० किमी पैदल यात्रा गरेर नेपालको वास्तविक नक्शा तैयार गरेका थिए । जीवनको अधिकांश समय नेपालमा बिताउनु भएका वहाँले राजा त्रिभुवन देखी राजा विरेन्द्रसम्मका राजासंग निकटता राख्दै नेपालको ग्रामिण बिकासमा सहयोग गरेका थिए । करिव ३० वर्षको उमेरमा नेपाल प्रवेश गरेका वहाँको ८५ वर्षको उमेरमा देहावसान भएको थियो । नेपालको वारेमा निकै चिन्ता लिने वहाँ नेपालमा तिब्बती शरणार्थीको प्रवेश र शिविर निर्माणमा समेत प्रमुख भुमिका बहन गर्नुभएका थिए । चिनिया सरकारको भनाइमा भने वहाँ सिआइएको एजेन्टको रूपमा नेपालमा सक्रिय रहेको भन्ने दावी गरेको पाइन्छ ।
यो चित्र भने स्वर्गीय लैनसिंह बाङ्देलले १९६२ जुलाइ १५ अर्थात बि.सं. २०१९ को असार ३१ गते कोर्नुभएका थिए । आज न त बाङ्देल हामी सामु हुनुहुन्छ न त टोनी हेगन नै हुनुहुन्छ । तर पनि यि दुवै जना नेपालमा जन्मनु नभए पनि नेपालको निकै माया गर्नुहुन्थ्यो ।
बि.सं. १९८१ को पुस ६ गते दार्जिलिङमा जन्मनु भएका बाङ्देललाई राजा महेन्द्रले २०१६ सालमा लण्डनमा भेट्नुभए पछि नेपालमा बसेर केही गर्न आग्रह गर्नुभएको थियो । जसका कारणले वहाँ २०१७ सालमा नेपाल आउनुभयो र यतै रमाउनु भयो । वहाँको २०५९ असोज २९ मा सानेपा स्थित आफ्नै निवासमा स्वर्गारोहण भएको थियो ।
बि.सं. १९७४ भदौ २ गते स्विटजरल्याण्डमा जन्मनुभएका टोनी हेगन भने संयुक्त राष्ट्र संघका प्रतिनिधीका रुपमा २००७ कार्तिक ८ गते नेपाल आउनुभएको थियो । नेपालमा लामो समय भूगर्भविदका रुपमा काम गर्नुभएका वहाँको २०६० बैशाख ५ मा स्विटजरलान्डको आफ्नै निवासमा स्वर्गारोहण भएको थियो ।
टोनी हेगन र बाङ्देलको देहावसान केवल ६ महिनाको अन्तरमा भएको थियो । नेपालमा नजन्मेर पनि नेपालको सेवा गर्नुभएका उहाँलाई हार्दिक नमन छ ।