प्यूठानमा घाँटी रेटी एक महिलाको हत्या !

३१ असार, प्यूठान 

प्यूठानमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ । जिल्लाको सरूमारानी गाउँपालिका ३ गोठेरी बस्ने २८ वर्षीय रूकमनी बरालको घाँटी रेटी हत्या भएको हो ।

ऐरावती गाउँपालिका–२ कात्तिके बस्ने ३० वर्षीय लिला बहादुर बरालले रूकमनीको घाँटी रेटी हत्या गरेका हुन् । हत्या गर्ने बराललाई प्रहरी चौकी बड्डाडा र ईलाका प्रहरी कार्यालय बिजबारबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार बिहान १० बजेर १० मिनेटमा स्थानीय डिला परियारको घरमा रूकमनीको हत्या भएको स्थानीय वडा सदस्य आशा बिकले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक निरञ्जन रिजालले बताए ।

हत्यामा संलग्न लिलाबहादुर बराल र रूकमनी बराल पूर्व श्रीमान्–श्रीमती हुन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation