अस्पतालको सेफ्टी ट्याङ्कीमा खसेर बालिकाको मृत्यु

३२ असार, चितवन 

भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीमा खसेर ५ वर्षकी बालिकाको मृत्यु भएको छ।

सोही अस्पतालमा कार्यरत कर्मचारी भरतपुर–१० का विकास मगरकी छोरी ५ वर्षीया अन्जनाको खेल्ने क्रममा सोमबार दिउँसो अचानक सेफ्टी ट्याङकीमा खस्दा तत्काल उद्धार गरिएको थियो। उनको सोही अस्पतालमा उपचार भई रहेको थियो।

गम्भीर अवस्थामा रहेकी बालिकाको उपचारको क्रममा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation