भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

३ साउन, काठमाडौँ 

रौतहटको चन्द्रनिगाहपुर-गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका- ८ जिगडियाचोकमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

शुक्रबार साँझ गरुडाबाट चपुरतर्फ आउँदै गरेको बीआर ३० यू ४४१४ नम्बरको मोटरसाइकल चालक माधवनारायण नगरपालिका–२ का ४० वर्षीय दीनानाथ साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए। साहको उपचारका क्रममा बेटर नेपाल अस्पतालमा मृत्यु भएको प्रनाउ कार्कीले बताए।

मोटरसाइकलको पछाडि सवार गरुडा- ८ का २५ वर्षीय शम्भु साहको दाहिने खुट्टा र बायाँ हातमा चोट लागेको छ।  उनको गरुडास्थित अनामिका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पिकअप भ्यानका चालक फरार छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation