
४ साउन, दाङ
दाङको देउखुरीमा गाडीले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–५ सुनखोली निवासी २१ वर्षीय राजेश कुमार बानिया रहेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।
आइतबार बिहान करिब ६ बजेतिर आफ्नै घर अगाडि रोकेर राखिएको लु ३ च ४८१४ नम्बरको पिकअप बोलेरो गाडीको टायरमा राखिएको ओट हटाउने क्रममा गाडी ब्याक भएर आफैं गुड्न थालेपछि बानियाँलाई गाडीले किचेको प्रहरीले जनाएको छ ।
गाडीले किच्दा गम्भीर घाइते भएका उनलाई तत्काल लमही अस्पताल पुर्याए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।
हाल मृतकको शव लमही अस्पतालमा राखिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ