जलजला ट्रेडर्सद्वारा उद्योग वाणिज्य संघलाई नि:शुल्क जग्गा प्रदान

६ साउन, प्युठान 

गाैमुखी गाउँपालिका ५ ठुलावेसी निवासी जलजला ट्रेसर्डका सञ्चालक समेत रहेका ज्ञामुराम न्याैपाने र कमला पाेख्रेल दम्पतीले झण्डै १४ लाखकाे जग्गा नि:शुल्क उपलब्ध गराएका छन् ।

प्युठान उद्योग वाणिज्य संघ अन्तर्गत गौमुखी बजार क्षेत्रको प्रशासनिक तथा सचिवालय भवन निर्माणका लागि युवा व्यवसायी एवम् समाजसेवी ज्ञामुराम न्याैपानेकाे परिवारले नि:शुल्क जग्गा प्रदान गरेकाे हो ।

पालिकाकाे मुख्य व्यापारिक केन्द्र ठुलावेसीमा रहेकाे जग्गा सामाजिक कार्यमा याेगदान हाेस् भन्ने हेतुले जग्गा प्रदान गरिएको न्याैपाने दम्पतिले बताए । ज्ञामुराम न्यौपानेले सामाजिक याेगदान गर्न पाउँदा आफ्नाे परिवार निकै हर्षित भएको बताएका छन् । समाजमा व्याप्त हरेक बेथिति विरुद्ध खबरदारी गरिरहने समाजसेवी ज्ञामुराम न्याैपाने आफू पनि उद्याेग वाणिज्य संघ प्युठानका पूर्व अध्यक्ष समेत हुन् भने निजकाे श्रीमती कमला पाेख्रेल उद्याेग वाणिज्य संग ठुलावेसी बजार इलाकाको बहालवाला अध्यक्ष हुन्।

विद्यालयका लागि जग्गा दान, पाटी/पाैवाकाे निर्माण तथा विभिन्न विद्यालयहरुमा अक्षयकोष खडा गरिरहेकाे अग्रज व्यवसायी एवम् समाजसेवी लालुराम न्याैपानेको परिवार त्यस क्षेत्रमै सामाजिक याेगदानका हिसाबले उदाहरणीय भएको जानकारहरु बताउने गर्छन् । ज्ञामुराम लालुराम न्याैपानेकै जेठा छोरा हुन् ।

ज्ञामुराम  न्याैपाने र कमला पोखरेल दम्पतीले ठूलाबेशी बजारको मुटुमा रहेको १३ लाख ६० हजार मूल्य बराबरको १३० वर्गमिटर जग्गा निःशुल्क प्रदान गरेकाे उद्योग वाणिज्य संघ प्युठानका अध्यक्ष सन्देश आचार्यले बताएका छन् । सन्देशले मनकारी समाजसेवीले जग्गा प्रदान गरेसँगै अब बजेट सुनिश्चितता गरेर भवन निर्माण तर्फ लागिने र त्यसकाे लाभ सबैलाई हुने बताउँदै आजकाे बिग्रदाे सामाजिक मनाेविज्ञानकाबिच न्याैपाने दम्पती परिवारले देखाएकाे उदार सहयोगले समाजमा अझैपनि सामाजिक काममा दिलबाटै याेगदान गर्ने मानिस छन् भन्ने उदाहरण पेस गरेकाेमा निकै खेसी लागेकाे बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation