श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ !

१८ साउन, काठमाडौं

ललितपुरको गोदावरी नगरपालिका–१४ ठैबमा एक महिलाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले मृतकको श्रीमानलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ४६ वर्षीय निरज खड्गी छन् । उनले श्रीमती कमलामाया खड्गीको हत्या गरेकाले पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए ।

शनिबार बेलुका दुबै जनाले मदिरा पिएको र त्यसपछि विवाद भएपछि हत्या गरेको पाइएको एसएसपी अधिकारीको भनाइ छ । निरजले कमलाको घाँटी थिचेर हत्या गरेको प्रहरीको भनाइ छ । हत्या भएको जानकारी पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयले नै श्रीमान निरजलाई घेरा हालेर राखेको अवस्थामा प्रहरी पुगेर पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation