गोरखाबाट चिवतन जाँदै गरेको बस मर्स्याङ्दी नदीमा खसेको छ। आँबुखैरेनी गाउँपालिका- २ स्थित ऐनापहरामा ग २ ख १०७७ नम्बरको यात्रुवाहक बस नदीमा खसेको हो।
उक्त बस करिब अपरान्ह ४ बजेर ३० मिनेटको समयमा मर्स्याङ्दीमा खसेको जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले थाहाखबरलाई जानकारी दिए।
बस दुर्घटना भएको स्थानीयले जानकारी प्रहरीलाई गराएका थिए। बसमा ८/९ जना यात्रु रहेका थिए। ५ जनाले हाम फालेर ज्यान जोगाएको रेग्मीले बताए। बाँकी चार जना मध्ये एक जना अन्दाजी ४० वर्षीय महिलाको अवस्था गम्भीर रहेको र थप उपचारका लागि भरतपुर पठाइएको छ। बाँकी घाइते यात्रु भने आबुँखैरेनीकै अस्पतालमा उपचाररत रहेको रेग्मीले जानकारी दिए।