झिमरुकको वाहखोर कालीवडा बस्ति पहिरोको उच्च जोखिममा, स्थानीयद्वारा सहयोगको माग गर्दै पालिकामा निवेदन

गत शुक्रबारदेखि परेको अविरल वर्षाको कारण जिल्लाको झिमरुक गाउँपालिका-७ तुषारा स्थित वाहखोर कालीवडा बस्तिमा पहिरोले १४ घर उच्च जोखिममा परेका छन् । आइतबार उक्त बस्तिका स्थानीयले पहिरोले पुर्याएको क्षतिबारे अनुगमन निरीक्षण गरि पहिरो र भल ब्यवस्थापनको लागि आवश्यक सहयोगको माग गर्दै गाउँपालिकामा निवेदन सहित जानकारी गराएका हुन ।

अविरल बर्षासँगै आएको भलको उचित व्यवस्थापन नहुदा स्थानीयको तुषारा स्थित वाहखोर कालीवडा दलित बस्तिका १४ घरमा जोखिममा परेको स्थानीय लाल बहादुर दमैले जानकारी दिए ।

पहिरो प्रभावित बस्तिका स्थानीयले गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीलाई जोखिममा परेका घरमा आवश्यक सहयोगको लागि आइतबार निवेदन पेश गरेको उनले जानकारी दिए। पहिरोको उच्च जोखिम भएकोले बास्तीमा स्थानीय त्रासमा बस्नुपर्ने बाध्यता रहेको उनले बताए ।

परिरो प्रभावित बस्तिका स्थानीयको निवेदन बुझ्दै अध्यक्ष महतरा क्षेत्रीले पहिरोले पुर्याएको क्षतिको जानकारी लिदै उक्त क्षेत्रमा जनप्रतिनिधि र प्राबिधिक सहितको टोलि स्थलगत अनुगमन तथा निरीक्षण गरेर तत्काल बस्तीमा भएको क्षतिलाई कम गर्न आवस्यक प्रक्रिया अगाडि बढाउने बताए ।

पहिरोको जोखिममा परेका उक्त बस्तिको आवस्यक अध्यन अनुसन्धान गरी दिर्घकालिन रुपमा समस्याको समाधान खोजिने पालिका अध्यक्ष महतरा क्षेत्रीले जानकारी दिए ।

गाउँ पालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री, पहिरो प्रभावित क्षेत्रका स्थानीय सहित वडा नम्बर ७ का वडा अध्यक्ष कृष्ण बहादुर जिसी र पलिका प्राबिधिक लगायतको उपस्थिति रहेको थियो । सोमबार पालिकाको टोलि पहिरो निरिक्षणको लागि जाने कार्यक्रम तय भएको पालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation