प्रहरीको गोली लागेर एकजनाको मृत्यु

२१ साउन, काठमाडौँ 

सप्तरीको राजगढ गाउँपालिका- २ कमलपुरमा प्रहरीले गोली प्रहार गर्दा एकजनाको मृत्यु भएको छ। मंगलबार राति मदिरा तस्करी रोक्न पुगेका प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको हो।

राजगढ- २ का करिब ३६ वर्षीय लालु यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। गोली लागेर घाइते भएका उनको उपचारको क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ज्यान गएको हो।

सीमा नजिकबाट ठूलो परिमाणमा मदिरा भण्डार गरी तस्करी भइरहेको सूचनाबमोजिम ‘सर्च अपरेसन’ चलाउँदा स्थानीयवासीले अवराेध गरेपछि झडप भएको  र स्थिति नियन्त्रणमा लिन केही राउण्ड गोली चलाएको  जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले बताए।

यस क्रममा तिघ्रामा गोली लागेका यादवको मृत्यु भएको बताए। उनका अनुसार एक प्रहरी पनि घाइते भएका छन्।

यससँगै क्रममा भारततर्फ तस्करी गर्न लागेको केही कार्टुन मदिरा समेत नियन्त्रणमा लिएको डीएसपी बस्नेतले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation