८० वर्ष अघि हिरोशिमा र नागासाकीमा भएको त्यो परमाणु बमको आक्रमण

हिरोशिमा बम आक्रमणको भएको पनि ८० वर्ष भयो । सन १९४१ को डिसेम्बर ७ मा जापानी नौसेनाका बिमानहरूको आक्रमणबाट पर्ल हार्वरमा रहेका २४०३ अमेरिकी सैनिकको मृत्यु भएको थियो भने ११७८ घाइते भएका थिए । आठवटा ठूला पनडुब्बी ध्वस्त भएका थिए भने १८८ वटा बमबर्षक बिमान जलेका थिए । यसरी अमेरिकी सेनाले जुन क्षति ब्यहोर्नु पर्यो त्यसले गर्दा दोश्रो विश्व युद्धले अर्को मोड लियो । अमेरिकी सेना जापान बिरूद्ध युद्धमा होमियो ।

जसको बदला स्वरुप अमेरिकी सेनाले १९४५ अगष्ट ६ र ९ मा हिरोशिमा र नागासाकीमा परमाणु बमको आक्रमण गरेर जापानसँग बदला लियो । यसले ति शहरमा बस्ने करिव साढे दुइ लाख मानिसले अनाहकमा ज्यान गुमाउनु परेको थियो । जापानले युद्धविराम गरेर दुख मनाए भने विश्वले सदैव अमेरिकाको यो कदमको बिरोध गरिरहे ।

हिरोशिमामा अन्दाजी बिहानको ८:१५ हुँदै थियो, अमेरिकी बमवर्षक वि-२९ विमान, ईनोला गेले करिव ४ टनको “लिटल ब्वाई” छद्म नाम दिईएको न्युक्लियर बम खसाल्यो । २ लाख ५० हजार जनसंख्या भएको हिरोशिमामा बम आक्रमणको लगत्तै ६० हजार सर्वसाधारण तथा २० हजार सैनिकले ज्यान गुमाए । बमबाट फैलिएको विकिरणले गर्दा पछि ९० हजार मानिसको मत्यु भयो भने अन्य हजारौ जीवन भर घाईते अवस्थामा बाँचे ।

यस दुखद घटनाको तीन दिन पछि पून अमेरिकाले नागासाकीमा अर्को बम खसाल्यो । यसको केही दिन पछि अगष्ट १४ का दिन जापानले आत्म समर्पण गरे तर अमेरिकालाई संसारले कहिल्यै माफ गरेन । युद्ध सधै युद्ध मैदानमा हुने गर्दछ । जापानले पर्ल हार्वरमा आक्रमण गर्दा सैनिकहरु माथि आक्रमण गरेका थिए । मृत्यु हुने सैनिक नै थिए । तर अमेरिकाले हिरोशिमा र नागासाकीमा आक्रमण गर्दा सर्वसाधारण जनता रहने शहरमा आक्रमण गरेको थियो । यस घटनाका कारण विश्वले कहिल्यै अमेरिकालाई माफ दिन सक्दैन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation